बाढीमा बेपत्ता मोरङका मामा भान्जाको कुशको शव बनाएर अन्त्येष्टि

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १८:३९

विराटनगर । मोरङको बेलबारी–९ का २६ वर्षीय अनोज धमला भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भए । बाढीमा बेपत्ता भएको लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लागेन। अन्ततः परिवारले आज (शुक्रबार) कुशको शव बनाएर उनको अन्त्येष्टि गरेको छ ।

अनोज मामा सोमनाथ कट्टेलसँग मानसरोवर यात्रामा गएका थिए । कोरियन भाषा परीक्षा र मेडिकल जाँच उत्तीर्ण गरेर उनी कोरिया जाने प्रतीक्षामा थिए । भिसाको टुंगो नलागेपछि आमाको उपचार खर्च जुटाउने उद्देश्यले मानसरोवर यात्रामा गएका थिए ।

Advertisement

सोमनाथ ‘सम्राट टुर एन्ड ट्राभल्स’का म्यानेजर हुन् र यसअघि पनि मानसरोवर यात्रामा गाइडका रूपमा काम गरिसकेका थिए । २२ दिनको यात्राबाट हुने आम्दानीले क्यान्सरबाट बिरामी आमा नैनकलाको उपचारमा सहयोग पुग्ने अनोजको आशा थियो । तर, बाढीपछि मामा–भाञ्जा दुवै बेपत्ता भए । उनीहरू सवार गाडीसमेत अहिलेसम्म फेला परेको छैन ।

अनोजका काका राजन घिमिरेले यतिका दिनसम्म अनेकतिर सोधीखोजी गर्दा पनि केही पत्तो नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको बताए । लक्ष्मीमार्गस्थित केसलिया घाटमा हिन्दू परम्पराअनुसार अनोजको अन्त्येष्टि गरिएको हो । उनका मामा सोमनाथको पनि तीन दिनअघि विराटनगरमै कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो ।

अनोजका दाजु निजी विद्यालयमा अध्यापन गर्छन् । आमाको उपचार खर्च जुटाउन अनोजले मानसरोवर यात्राबाट हुने आम्दानीलाई ठूलो सहारा मानेका थिए । तर, अहिले अनोजकै अन्त्येष्टि गर्नुपरेपछि परिवारलाई आमाको उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता थपिएको छ । भदौ १० गतेको भोटेकोशी बाढीमा परी कोशी प्रदेशबाट १६० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । तीमध्ये मोरङबाट अनोज र सोमनाथसहित १८ जना छन् ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित बालबालिकाको पीडाप्रति संवेदनशील बन्न प्रधानमन्त्रीको आग्रह
बाढी प्रभावित बालबालिकाको पीडाप्रति संवेदनशील बन्न प्रधानमन्त्रीको आग्रह
स्कुले छात्रालाई सडकमा अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ
स्कुले छात्रालाई सडकमा अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ
ठूलो संख्यामा गृहका सहसचिव र उपसचिवहरूको सरुवा (सूचीसहित)
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
बाढीमा बेपत्ता मोरङका मामा भान्जाको कुशको शव बनाएर अन्त्येष्टि
मोरङ कारागारभित्रको गुटबन्दी विस्फोट : १९ कैदीबन्दीलाई सातवटा कारागारमा स्थानान्तरण गरिँदै, को–को हुन् ‘बी ब्लक’ कब्जा गर्नेहरु ?
बाढीबाट ५३ झोलुंगे पुलमा क्षति, २० वटाको मर्मत सुरु
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
विराटनगरमा ट्रष्टको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोट पुगे ओली
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×