शव पहिचान गर्न बाढी प्रभावित क्षेत्रमै डीएनए नमुना संकलन केन्द्र

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १२:४१
शिक्षण अस्पतालमा १९३ शव, २४ को मात्रै पहिचान

नुवाकोट । भोटेकोसी बाढीमा हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले नुवाकोटको विदुरमा डीएनए नमुना संकलन केन्द्र सञ्चालनमा ल्याएको छ ।

यसअघि परीक्षणका लागि पीडित परिवारका सदस्यहरू नमुना दिन काठमाडौं जानुपर्ने बाध्यता थियो । बाढी प्रभावित परिवारलाई सहज बनाउन नेपाल प्रहरी अस्पताल महाराजगञ्जले विदुरमै संकलन केन्द्र सञ्चालनमा ल्याएको हो ।

Advertisement

नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलका अनुसार बाढीमा परी मृत्यु भएका र फेला परेका शवको पहिचानमा समस्या भएपछि हराइरहेका व्यक्तिका परिवारका सदस्यबाट डीएनए नमुना संकलन थालिएको हो ।

परीक्षणका लागि हराइरहेका व्यक्तिका बुबा, आमा, छोरा वा छोरीबाट लिइएको नमुना बढी उपयोगी हुने प्रहरीले जनाएको छ । उनीहरू सम्भव नभए दाजुभाइ, दिदीबहिनी वा अन्य नजिकका रगतसम्बन्धी आफन्तको नमुनाबाट पनि पहिचान गर्न सकिने जनाइएको छ ।
प्रहरीका अनुसार भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीमा हराइरहेको भन्दै नुवाकोटमा २ हजार ५६४ वटा निवेदन परेका छन् । हालसम्म १९२ शव फेला परेकामा १८ जनाको मात्र सनाखत भएको छ । बाँकी शवको सनाखतपछि परिवारलाई बुझाउने गरी व्यवस्थापन गरिएको र पहिचानका लागि डीएनए परीक्षण प्रक्रियालाई तीव्रता दिइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×