अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १५:४०

काठमाडौं । अमेरिकी दूतावासले नेपाल भ्रमणसम्बन्धी नयाँ ट्राभल एडभाइजरी जारी गर्दै प्राकृतिक विपद्को जोखिमका कारण नेपाललाई ‘लेभल-२’ अर्थात् बढी सावधानी अपनाउनुपर्ने मुलुकका रूपमा राखेको छ । रसुवाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल-चीन सीमा नाकालाई भने ‘लेभल-४’ अर्थात् भ्रमण नगर्नुपर्ने क्षेत्रका रूपमा तोकिएको छ ।

एडभाइजरीमा अगस्ट २६ मा आएको ठूलो बाढी तथा पहिरोका कारण रसुवाको उत्तरी क्षेत्रमा यातायात र सञ्चार सेवा प्रभावित भएको उल्लेख गरिएको छ । प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार, सडक तथा पूर्वाधार मर्मत र पुनःस्थापनाको काम जारी रहेकाले थप बाढी र पहिरोको जोखिम कायमै रहेको दूतावासले जनाएको छ ।

Advertisement

दूतावासले अमेरिकी नागरिकलाई भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका क्षेत्र, नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विपद् प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी वा अन्य कुनै उद्देश्यले स्वतन्त्र रूपमा प्रवेश नगर्नसमेत चेतावनी दिइएको छ । उद्धार तथा खोजी कार्यमा संलग्न सुरक्षा निकाय र सम्बन्धित सरकारी संयन्त्रलाई अवरोध पुग्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न दूतावासले आग्रह गरेको हो ।

नेपाल भूकम्प, बाढी र पहिरोजस्ता प्राकृतिक विपद्को जोखिममा रहने मुलुक भएकाले यात्राका क्रममा स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्न पनि अमेरिकी नागरिकलाई सुझाव दिइएको छ । विशेषगरी मनसुनका बेला भारी वर्षासँगै आकस्मिक बाढी र पहिरो आउन सक्ने भएकाले यात्रा योजना बनाउँदा सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन भनिएको छ ।

दूतावासले नेपालमा स्वास्थ्य तथा आपत्कालीन सेवाको क्षमता कतिपय क्षेत्रमा सीमित हुन सक्ने उल्लेख गर्दै आवश्यक औषधि साथमा राख्न, यात्रा स्वास्थ्य बीमा गर्न तथा चिकित्सकीय उद्धारसमेत समेटिएको बीमा लिन सुझाव दिएको छ ।

तपाइको प्रतिक्रिया
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
मोरङ कारागारमा भत्कियो अभिषेक गिरीको सञ्जाल, कैदीबन्दीले मनाए खुसीयाली
सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×