देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा हुने

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार ०६:३७
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 

काठमाडौं । मनसुनी प्रणाली सक्रिय रहेका बेला आज (आइतबार) देशका अधिकांश भू–भागमा वर्षा हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने विभिन्न प्रदेशका पहाडी, हिमाली र तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्नेछ । दिउँसो विशेषगरी पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Advertisement

हिमाली भू–भागका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईका विभिन्न क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

रातको समयमा पनि मौसममा उल्लेख्य सुधार आउने देखिएको छैन । कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

यस्तै, मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्र तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रानसहितको बाढी, नदी तथा खोलामा जलसतह बढ्ने, पहिरो र भू–क्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने एवं कृषि, पर्यटन, पर्वतारोहण, स्वास्थ्य सेवा, उद्धार र राहतका काममा समेत असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर मात्रै यात्रा तथा अन्य गतिविधि गर्न महाशाखाले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
मेसीको सम्मानमा अर्जेन्टिनाका फुटबल खेल १०औँ मिनेटमा रोकिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै 
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि पठाइयो खोप
क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिई १० लाख ठग्ने ‘ह्याकर’ पक्राउ
नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिई १० लाख ठग्ने ‘ह्याकर’ पक्राउ
एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य 
एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य 
फेरी बढ्यो सुनचाँदीको मूल्य 
सुनचाँदीको मूल्य घट्यो
१ हजार ३४१ जनाको मृत्यु पुष्टि, ४ हजारभन्दा बढी सम्पर्कविहीन
भोटेकोशी र त्रिशूलीमा बाढीको उच्च जोखिम, ३८ जिल्लाका नदीमा पनि सतर्कता
विराटनगरमा ‘एथर’ इलेक्ट्रिक स्कुटरको बिक्री सुरु
विराटनगरमा ‘एथर’ इलेक्ट्रिक स्कुटरको बिक्री सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×