चितवनमा भेटिएका ३३३ शवको व्यवस्थापन

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार ०९:५०

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवको व्यवस्थापन, डीएनए नमुना सङ्कलन तथा पहिचानको काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन्। तीमध्ये ३३३ शवको व्यवस्थापन भइसकेको छ भने १४ शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ।

शवको वैज्ञानिक पहिचानका लागि भदौ १६ गतेदेखि डीएनए नमुना सङ्कलन सुरु गरिएको हो। भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डीएनए नमुना सङ्कलन गरिएको यादवले बताए। भदौ १६ गते सात पुरुषको नमुना सङ्कलन गरिएको थियो। भदौ १७ गते २६ जनाको नमुना सङ्कलन गरिएकामा दुई महिला, २२ पुरुष र दुई भारतीय पुरुष नागरिक रहेका छन्।

Advertisement

भदौ १८ गते २२ जनाको नमुना सङ्कलन गरिएकामा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक छन्। यस्तै, भदौ १९ गते सात जनाको नमुना सङ्कलन गरिएकामा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक रहेका छन्। भदौ २० गते छ जनाको नमुना सङ्कलन गरिएकामा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन्।

प्रहरीका अनुसार हाल पनि शव खोजी, पहिचानका लागि आफन्तको डीएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण सङ्कलन तथा अन्य समन्वयात्मक प्रक्रिया निरन्तर भइरहेको छ।

तपाइको प्रतिक्रिया
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
लागुऔषधसहित झापा, तेह्रथुम र मोरङबाट ४ जना पक्राउ
बाढी प्रभावितलाई सहयोग र पुनर्निर्माणमा नेपाल–कोरिया छलफल
साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा, एक खेल बाँकी छँदै अन्तिम चारमा
बाढीको १२औँ दिन घरमै भेटियो दुईवटा शव
मेसीको सम्मानमा अर्जेन्टिनाका फुटबल खेल १०औँ मिनेटमा रोकिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै 
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि पठाइयो खोप
क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिई १० लाख ठग्ने ‘ह्याकर’ पक्राउ
नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिई १० लाख ठग्ने ‘ह्याकर’ पक्राउ
एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य 
एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×