विराटनगरको राधाकृष्ण रथयात्रा : हजारौँको भिडमा हराए बालबालिका, प्रहरीको पहलमा भेटिए अभिभावक

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १७:१६

विराटनगर । विराटनगरमा शनिबार निकालिएको ५९औँ राधाकृष्ण रथयात्राको भिडमा हराएका पाँच बालबालिकालाई प्रहरीले उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।

हजारौँ मानिस सहभागी रथयात्राको भिडमा अभिभावकबाट छुटेका ५ र ६ वर्ष उमेरका तीन बालक र दुई बालिकालाई प्रहरीले शनिबार दिउँसो विभिन्न स्थानबाट उद्धार गरेको थियो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उद्धार गरिएका बालबालिकामा बूढीगंगा गाउँपालिका–२ की ५ वर्षीया रुचिका राजवंशी, कटहरी गाउँपालिका–१ की ५ वर्षीया हसिना मल्लिक, विराटनगर महानगरपालिका–५ का ५ वर्षीय हेमन्त पण्डित तथा विराटनगर–६ का ६ वर्षीय सिद्धार्थ पासवान र शिवम् पासवान रहेका छन् ।

Advertisement

उद्धारपछि रुचिका, हसिना र हेमन्तलाई विराटनगरस्थित वडा प्रहरी कार्यालयमा तथा सिद्धार्थ र शिवम्लाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको थियो । अभिभावक सम्पर्कमा नआएसम्म उनीहरूलाई प्रहरीको संरक्षणमा राखिएको डीएसपी मिश्रले बताए ।

प्रहरीले बालबालिका हराएको जानकारी गराउँदै अभिभावकलाई सम्पर्कमा आउन आग्रह गरेको थियो । त्यसपछि सम्बन्धित अभिभावक प्रहरी कार्यालयमा पुगेपछि आवश्यक पहिचान तथा समन्वय गरी पाँचै जना बालबालिकालाई सकुशल अभिभावकको जिम्मा लगाइएको मिश्रले बताए ।

ठूलो धार्मिक तथा सार्वजनिक कार्यक्रममा हुने भिडभाड बालबालिकाका लागि जोखिमपूर्ण बन्न सक्ने यो घटनाले देखाएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । रथयात्राजस्ता कार्यक्रममा अभिभावकको ध्यान केही समय मात्र अन्यत्र जाँदा पनि बालबालिका भिडबाट छुट्टिन सक्ने भएकाले विशेष सतर्कता आवश्यक रहेको उनको भनाइ छ ।

‘बालबालिकालाई लिएर ठूलो भिडमा जाँदा अभिभावकले विशेष ख्याल गर्नुपर्छ । असावधानीका कारण बालबालिका अचानक अभिभावकबाट छुटेर अलमलमा परेका थिए,’ एसपी कटवालले भने, ‘प्रहरीले समयमै उद्धार गरेर अभिभावक पहिचान गरी जिम्मा लगाउन सफल भएको छ ।’ उनका अनुसार रथयात्रामा सहभागीको संख्या ठूलो हुने भएकाले बालबालिका हराउने, भिडमा अलमलिने वा असहज परिस्थितिमा पर्ने सम्भावना बढी हुन्छ ।

यस्तो अवस्थामा बालबालिकाको साथमा अभिभावकको सम्पर्क नम्बर राखिदिने, उनीहरूलाई अभिभावकको नाम र ठेगाना सम्झाइराख्ने तथा भिडमा बालबालिकालाई एक्लै नछाड्ने जस्ता सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । शनिबारको घटनामा समयमै प्रहरीले उद्धार गर्न सकेकाले सबै जनालाई सुरक्षित रूपमा परिवारसम्म पुर्याउन सम्भव भएको हो ।

प्रहरीले सार्वजनिक तथा धार्मिक कार्यक्रममा बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्न र भिडभाड भएका स्थानमा उनीहरूको गतिविधिमाथि निरन्तर निगरानी गर्न अभिभावकलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
मोरङ कारागारमा पुनः झडप, थप १८ कैदीबन्दी अन्य जिल्लामा स्थानान्तरण
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
प्रमाण नष्ट गर्न खोजेको आरोपमा स्ववियु सभापति यादव पक्राउ 
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
'हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ' (सम्बोधनको पूर्णपाठ)
‘हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ’ (सम्बोधनको पूर्णपाठ)
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
भोटेकोशीले खोस्यो छोरी–नातिनी, विराटनगरबाट बाटो हेर्दै ८४ वर्षीया आमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×