जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १०:३७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

Advertisement

आङ्देम्बेका अनुसार राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, घुसपैठ गर्ने र अत्यधिक बल प्रयोग गर्ने तथा भदौ २४ गते विध्वंस मच्चाउने सबै पक्षमाथि कारबाही गर्न सिफारिस गरिसकेको छ ।

‘राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गरी त्यसमा गरिएका सिफारिसलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजानुपर्छ । घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्छ,’ आङ्देम्बेले भनेका छन् ।

कसैलाई राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा उन्मुक्ति दिन नहुने उनको भनाइ छ । राज्यशक्तिको दुरुपयोग गर्ने र आन्दोलनको नाममा कानुन हातमा लिएर देशलाई विध्वंसतर्फ धकेल्ने दुवै पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताएका छन् ।

‘चाहे ती सत्ता शक्तिको नेतृत्वमै किन नहुन्, सबै कानुनी कारबाहीको दायरामा आउनुपर्छ । यो नेपाली कांग्रेसको स्पष्ट धारणा हो,’ उनले भनेका छन् । आङ्देम्बेले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनभन्दा विश्वसनीय रहेको दाबीसमेत गरेका छन् । यद्यपि, आफूलाई जोगाउन सत्ता नेतृत्वबाटै आयोगको प्रतिवेदनमा ‘कैँची चलाइएको’ आशंका गर्ने ठाउँ रहेको उनको भनाइ छ ।

उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको दीर्घकालीन उपचार, पुनःस्थापना र आवश्यक सहयोग सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् ।

जेनजीको बलिदानलाई कुनै दल वा व्यक्तिको निजी राजनीतिक सम्पत्तिका रूपमा प्रयोग गर्न नहुने भन्दै आङ्देम्बेले आन्दोलनले उठाएका प्रश्नलाई राज्यको नीति, शासन र व्यवहारमै सम्बोधन गर्नुपर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
शान्ति कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आराधना
इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×