बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १०:३९

काठमाडौं । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले बाढीपीडितका लागि एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।केन्द्रले बाढी प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेको हो । केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी थिइन् ।

यसैबीच, ब्रह्माकुमारी नेपालले भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरेको थियो । ललितपुरको सातदोबाटोस्थित वीरन्द्र अन्तर्राष्ट्रिय स्विमिङ कम्प्लेक्सको हलमा आयोजित कार्यक्रममा एक हजारभन्दा बढी राजयोगी, तपस्वी, ब्रह्माकुमारी तथा ब्रह्माकुमार सहभागी भएका थिए ।

Advertisement

कार्यक्रममा सहभागीहरूले ‘ॐ’ ध्वनिसहित योग–तपस्या र मौनधारण गर्दै दीप प्रज्वलन गरेका थिए । उनीहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनको शान्ति र धैर्यका लागि प्रार्थनासमेत गरेका थिए । रसुवा हुँदै आएको भोटेकोशी नदीको बाढीले रसुवा, नुवाकोटको त्रिशूली र देवीघाट तथा धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

तपाइको प्रतिक्रिया
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
शान्ति कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आराधना
इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×