भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार ११:०२

काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीमा हराएका ३४ देशका ५८७ विदेशी पर्यटक अझै फेला पर्न सकेका छैनन् । पर्यटन विभागका अनुसार उनीहरू कैलाश मानसरोवर तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका बेला बाढीमा परेर सम्पर्कविहीन भएका हुन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार हराइरहेका विदेशी पर्यटकमा २५६ पुरुष, ३२९ महिला र दुई जना अन्य छन् । सबैभन्दा धेरै भारतका १८४ जना छन् । त्यसपछि अमेरिकाका ६७, मलेसियाका ५५, युक्रेनका ५४, अष्ट्रेलिया र लाटभियाका ३३–३३, बेलायतका ३२, क्यानडाका ३० र चीनका २६ जना छन् ।

Advertisement

यसैगरी, बाढीमा परेर नेपालका १८८ पर्यटक पनि अझै फेला परेका छैनन् । उनीहरूमध्ये १६१ पुरुष र २७ महिला छन् । कैलाश मानसरोवर तथा गोसाइँकुण्ड जाने नेपाली पर्यटक र विदेशी पर्यटकका सहयोगीसमेत हराइरहेको विभागले जनाएको छ । विभागका अनुसार बाढीपछि हालसम्म ३०७ विदेशी पर्यटकको उद्धार गरिएको छ । उद्धार हुनेमा २५४ पुरुष र ५३ महिला छन् । सम्पर्कविहीनमध्ये सात जना भने सम्पर्कमा आएका छन् ।

भोटेकोशी बाढीपछि हराइरहेका पर्यटकको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
शान्ति कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आराधना
इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×