सरकारको विरोध गर्दा जेनजी आन्दोलनका घाइते पक्राउ

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १५:०८

काठमाडौं । सरकारको विरोध गर्दै आवाज उठाएपछि मंगलबार जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा गृहमन्त्रीसहित मन्त्रीहरू सहभागी कार्यक्रममा विरोध जनाएपछि खड्कालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।

Advertisement

सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाका लागि केही नगरेको भन्दै खड्काले कार्यक्रममा आवाज उठाएका थिए । आफूलाई बोल्न दिनुपर्ने माग गर्दै विरोध जनाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

खड्का जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् । सरकारले आन्दोलनका घाइते तथा प्रभावितका सवालमा प्रभावकारी काम नगरेको भन्दै उनले कार्यक्रममा विरोध जनाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×