भदौ २३ मा युवामाथि भएको बल प्रयोगको सत्यतथ्य सार्वजनिक गर्न गगनको माग

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १८:३३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०८२ भदौ २३ गतेको घटनामा राज्यबाट भएको बल प्रयोग र दमनको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले शान्तिपूर्ण रूपमा असन्तुष्टि व्यक्त गरिरहेका युवामाथि राज्यबाट ठूलो बल प्रयोग भएको बताए । उनले उक्त घटनामा युवाहरूको मृत्यु किन भयो र त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे ।

Advertisement

‘त्यत्रा नौजवानहरू मारिए । किन मारिए ? के कारणले गर्दा मारिए ? के यसको जिम्मेवारी कसैले लिनुपर्दैन ? के सत्यतथ्य बाहिर आउनुपर्दैन ?’ थापाले भने । उनले केही व्यक्तिलाई पक्राउ गरेर मात्रै राज्यको जिम्मेवारी पूरा नहुने बताए । घटनाको निष्पक्ष छानबिन गरी सत्य स्थापित गर्न र गलत गर्नेहरूलाई दण्ड दिनुपर्ने उनको भनाइ छ ।

थापाले भदौ २३ गते युवाहरू भ्रष्टाचारमुक्त राज्य, जवाफदेहिता, सुशासन र समान अवसरको मागसहित सडकमा आएको बताए । ती माग जायज रहेको उल्लेख गर्दै उनले त्यसलाई सम्बोधन गर्ने जिम्मेवारी सबैको भएको बताए ।

आफूहरूको मागअनुसार बदलिएको नेपाली कांग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउँदै थापाले युवाहरूको सहादत खेर जान नदिने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×