रसुवा बाढीको आर्थिक प्रभाव र जलवायु वित्तबारे अध्ययन गर्न उपसमिति गठन

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १३:१८

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले रसुवाको भोटेकोशी बाढीले अर्थतन्त्रमा पारेको प्रभाव तथा जलवायु वित्तसँग सम्बन्धित विषयमा अध्ययन तथा विश्लेषण गर्ने भएको छ ।

अध्ययनका लागि सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आज (बुधबार) सिंहदरबारमा बसेको बैठकले खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

Advertisement

उपसमितिका सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक छन् ।

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिलाई रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

तपाइको प्रतिक्रिया
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
लागुऔषध मुद्दाका फरार प्रतिवादी पुनः लागुऔषधसहित पक्राउ
जेनजी आन्दोलनको मर्मअनुसार सरकार र दलले काम गर्नुपर्ने सांसदहरूको जोड
भोटेकोशी बाढीः ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुग्यो
सालको काठ चिरान गरिरहेका दुई जना इलाममा पक्राउ
प्रधानमन्त्री शाहद्वारा बाढीपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल
लोमान्थाङमा २४ घण्टामा ७ पटक भूकम्प, अधिकांश घर चर्किए
जेनजी आन्दोलनमाथिको दमन र हिंसाबारे निष्पक्ष छानबिन गरौँ : प्रचण्ड
राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वव्यापी ऐक्यबद्धतामा नेपालको जोड
हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु
रसुवा बाढीको आर्थिक प्रभाव र जलवायु वित्तबारे अध्ययन गर्न उपसमिति गठन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×