लोमान्थाङमा २४ घण्टामा ७ पटक भूकम्प, अधिकांश घर चर्किए

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १३:४४

मुस्ताङ । पछिल्लो २४ घण्टामा मुस्ताङको लोमान्थाङमा सात पटक भूकम्पको धक्का महसुस भएको छ । पटक–पटक भूकम्प आएपछि उत्तरी गाउँपालिका लोमान्थाङका स्थानीय त्रसित भएका छन् । निरन्तर गएको भूकम्पका कारण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र लोमान्थाङमा ठूलो क्षति पुगेको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिए ।

सदियौँ पुराना माटोका संरचनाले भरिएको ‘माटोको सहर’ लोमान्थाङका अधिकांश घर चर्किएर बस्नै नमिल्ने अवस्थामा पुगेका छन् । गुरुङका अनुसार गाउँपालिकाभित्रका करिब सबैजसो घरमा चिरा परेको छ भने ५० प्रतिशतभन्दा बढी घर तत्काल बस्न नमिल्ने गरी उच्च जोखिममा परेका छन् ।

Advertisement

‘पुराना र नयाँ केही नभनी भूकम्पले क्षति गरेको छ । धेरैजसो घरहरू चिरिएका छन्,’ उनले भने, ‘अलिबेर अडिएर भूकम्प रह्यो भने सबै गर्ल्यामगुर्लुम ढल्छन् ।’ उनका अनुसार २० देखि ३० प्रतिशत घर पूर्ण रूपमा बस्न अयोग्य भएका छन् भने करिब ५० प्रतिशत घरमा केही बढी क्षति भएको अनुमान गरिएको छ । भूकम्पका कारण मानवीय तथा पशुचौपायाको क्षति भने भएको छैन ।

क्षतिको यकिन विवरण सङ्कलन गर्न प्राविधिक टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली फिल्डमा खटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले जानकारी दिए । ‘जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र सुरक्षा टोली वडा–वडामा पुगेर मुचुल्का उठाउने र क्षतिको अवलोकन गर्ने काम सुरु गरिसकिएको छ,’ उनले भने ।

माटोले बनेका परम्परागत तथा ऐतिहासिक संरचना भएकाले थप पराकम्पन आएमा बाँकी घरहरू पनि भत्किने जोखिम उच्च रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार क्षतिको वास्तविक विवरण सङ्कलन भइरहेको छ। यसबारे जिल्ला प्रशासन तथा संघ र प्रदेश सरकारलाई समेत जानकारी गराइएको छ ।

तपाइको प्रतिक्रिया
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
लागुऔषध मुद्दाका फरार प्रतिवादी पुनः लागुऔषधसहित पक्राउ
जेनजी आन्दोलनको मर्मअनुसार सरकार र दलले काम गर्नुपर्ने सांसदहरूको जोड
भोटेकोशी बाढीः ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुग्यो
सालको काठ चिरान गरिरहेका दुई जना इलाममा पक्राउ
प्रधानमन्त्री शाहद्वारा बाढीपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल
लोमान्थाङमा २४ घण्टामा ७ पटक भूकम्प, अधिकांश घर चर्किए
जेनजी आन्दोलनमाथिको दमन र हिंसाबारे निष्पक्ष छानबिन गरौँ : प्रचण्ड
राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वव्यापी ऐक्यबद्धतामा नेपालको जोड
हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु
रसुवा बाढीको आर्थिक प्रभाव र जलवायु वित्तबारे अध्ययन गर्न उपसमिति गठन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×