
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ६७ पुगेको छ । बाढीमा परी बेपत्ता भएका कतिपयको शव रसुवा, चितवन, नुवाकोटलगायत जिल्लामा फेला पर्ने क्रम जारी छ । अधिकांशको भने सनाखत हुन सकेको छैन ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (बुधबार) सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म १ हजार ३६७ जनाको शव फेला परेका हुन् ।
सबैभन्दा धेरै चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन् ।
काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको पनि मृत्यु भएको उल्लेख छ । हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । बाढीमा करिब ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जानकारी दिएको छ ।

























