ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार ०८:४९

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज (शुक्रबार) बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको हो। कार पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा गुडिरहेको थियो।

Advertisement

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। मृतकको सनाखत हुन सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×