हुँगा खोला क्षेत्रको हालको अवस्थाबारे इन्जिनियर रामचन्द्र पौडेलले सिर्जना गरेको सन्देशमूलक तस्बिर।विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुँगा खोलामा पहिरो खसेर बनेको ड्याम भरिएपछि पानी बग्न थालेको छ। पहिरोले केही समय खोला पूर्ण रूपमा थुनेको थियो ।
दूधकोशी गाउँपालिका–७ का वडाध्यक्ष भोजराज कार्कीका अनुसार करिब ३५–४० मिटर क्षेत्रमा ‘ड्याम’ बनेर पानी जमेको थियो । अहिले पानी ड्याममाथिबाट बग्न थाले पनि ड्याम भत्किएर बाढी आउन सक्ने जोखिम कायमै छ ।
हुँगा खोला महाकुलुङ र सोताङ हुँदै दूधकोशी नदीमा मिसिन्छ । जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले हुँगा खोला र दूधकोशी नदीको तटीय क्षेत्रमा नजान तथा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।




















