पथरीशनिश्चरेमा आगलागी, एक जना घाइते

Share this
814shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार १२:१५
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलावारीमा आगलागी हुँदा एक जना घाइते भएका छन् । शुक्रबार बिहान करिब २ः५५ बजेतिर काइली सोरेनको टिनको छानो भएको एकतले चारकोठे पक्की घरमा आगलागी भएको हो ।

आगलागीमा घरभित्रका सामान निकाल्ने क्रममा सोरेनका ज्वाइँ झापाको सिमलबारीका ३५ वर्षीय रमेश मरण्डी घाइते भएका छन् । उनको ढाड र टाउकोमा आगोले पोलेको छ । उनलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे पठाइएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वीरदत्त पन्तले बताए ।

Advertisement

उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । आगलागीबाट घर, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, मोटरसाइकल र एक थान हाते ट्र्याक्टर जलेर नष्ट भएको छ ।

आगोले छिमेकी आदिमशेर राईको घरमा पनि सामान्य क्षति पुगेको छ । घटनामा २३ लाख ३५ हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीे जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जानकारी डीएसपी पन्तले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×