कहाँ कहाँ छ आकस्मिक बाढीको जोखिम ?

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार ११:१५
फाइल फाेटाे

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ ।महाशाखाका अनुसार आजदेखि तीन दिनसम्म कोशी र नारायणी जलाधार क्षेत्रका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा जलसतह उल्लेख्य बढ्नेछ।

यस्तै, कन्काई, कमला र बागमती नदीमा पनि तीन दिनसम्म बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा भने बहाव सामान्य बढ्नेछ। भदौ २९ गते कर्णालीको चिसापानीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ।

Advertisement

साना नदी तथा खोलातर्फ ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी आसपासका नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।

ती क्षेत्रमा शनिबार साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। आइतबार र सोमबार पनि कोशी र मधेस प्रदेश भएर बहने केही साना नदीमा बहाव आकस्मिक बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×