चिलिमे जलविद्युत् आयोजनाको टनेलमा उद्धार सहज बन्दै

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार ११:५३

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य सहज बन्दै गएको छ।

टनेलतर्फ जाने बाटोमा थुप्रिएको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट एक्स्काभेटर प्रयोग गरेर पन्छाउने काम भइरहेको छ। शनिबार बिहानैदेखि भग्नावशेष हटाएर टनेलभित्र प्रवेश गर्ने बाटो खुलाउने काम भइरहेको हो।

Advertisement

इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली टनेलभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिको अवस्था पत्ता लगाउन र उनीहरूलाई सुरक्षित उद्धार गर्न उद्धार टोलीले लगातार भग्नावशेष हटाइरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×