
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज (आइतबार) बिहान ८ बजेसम्म १ हजार ३८६ जनाको शव फेला परेको छ ।
फेला परेका शवमध्ये रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७१, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३० र नवलपरासी पश्चिममा २२२ जना छन् ।
शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ वटा डिएनए नमुना संकलन गरिएको छ । पहिचानको प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३० शव व्यवस्थापन गरिएको छ ।
पहिचान हुन बाँकी १ हजार ३५४ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ । बाढीमा बेपत्ता ४ हजार ८९ जनाको खोजी भइरहेको छ ।
यसैगरी, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७१२ जनालाई राखिएको छ ।

























