खोलामा गाडी खस्दा दुई जनाको मृत्यु

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार १०:४१

सुर्खेत । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका–६ स्थित देउता खोलामा आज (आइतबार) जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सानीभेरी गाउँपालिका–९ सिम्लीबाट खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटनामा परेको हो ।

Advertisement

मृतकहरुको पहिचान हुन बाँकी छ । दुर्घटनामा १० जना घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×