पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १६:१४

काठमाडौं । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले आन्तरिक स्रोतका साथै दातृ निकायबाट प्राप्त सहयोग परिचालन गरी व्यवस्थापन गरिने बताए । भेटघाटले प्रभावित क्षेत्रको वास्तविक वस्तुस्थिति बुझ्न र जनप्रतिनिधिको मनोबल उच्च राख्न सहयोग पुगेको उनले उल्लेख गरे ।

तीन तहका सरकारबीचको समन्वयको प्रशंसा गर्दै प्रधानमन्त्री शाहले विपद्का बेला सङ्घ, प्रदेश र स्थानीय सरकार एकै ठाउँमा उभिएर काम गरेकोमा खुसी व्यक्त गरे । प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने कार्य भइरहेको र सडक खुलाएसँगै जनजीवन पूर्ववत् अवस्थामा फर्किने उनले बताए ।

Advertisement

भोटेकोशी नदी तटीय क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नभएकाले नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक बस्ती व्यवस्थापन गरिने प्रधानमन्त्रीको भनाइ छ । प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यानमा राख्दै नयाँ बस्ती निर्माण गरिने भएकाले स्थानीय जनप्रतिनिधिलाई आफैँ उपयुक्त जग्गाको पहिचान गरी सिफारिस गर्न उनले आग्रह गरे ।

प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार छलफलमा गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, सांसद अच्युतम लामिछानेसहित रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका प्रभावित पालिका प्रमुख तथा अध्यक्षहरूको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
प्रधानमन्त्रीसँगको छलफललगत्तै पक्राउ परे गाउँपालिका अध्यक्ष
उदयपुरका वन अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
‘ग्रीन आर्मी’को वैधानिकतामाथि प्रश्न, सरकारसँग सर्वोच्चले माग्यो जवाफ
विराटनगर बारका पूर्वअध्यक्ष न्यौपानेको निधन
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
वेश्यागमनको प्रचार गरेको आरोपमा पाँचथरका युवक पक्राउ
पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
विपदमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण सरकारले गर्ने
चाडपर्वमा महँगीको मार, यात्रामा सास्ती
कनकाई पुल अलपत्र पार्ने कम्पनीबाट २ अर्ब असुलिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×