बाढीपहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, केही सडक पूर्ण रूपमा अवरुद्ध

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार ०७:१०

काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी तथा निश्चित समयमा मात्रै सवारी सञ्चालन भइरहेका छन् ।

नेपाल प्रहरीका अनुसार बागमती प्रदेशको रसुवामा बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । २०८३ भदौ १० गतेदेखि अवरुद्ध सडक तत्काल खुल्ने अवस्था नरहेको जनाइएको छ । नुवाकोटको विदुर नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ ।

Advertisement

नुवाकोटकै शिवपुरी गाउँपालिका–८ घण्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । धादिङमा पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । सोही राजमार्गको ज्वाङखोला र शीतलबजार क्षेत्रमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा सडक मर्मतका कारण सवारी चाप हेरी एकतर्फी सञ्चालन भइरहेको छ । काभ्रेमा पनि बीपी राजमार्गमा निश्चित समय र परिस्थितिअनुसार सवारी सञ्चालन भइरहेको छ ।

गण्डकी प्रदेशको मनाङमा चामे–बेंसीसहर सडकखण्डअन्तर्गत नासो गाउँपालिका–३ धारापानीमा साना सवारी साधन सञ्चालनमा छन् । कर्णाली प्रदेशको हुम्लामा कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–६ खरीखेतमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यी हुन् प्रभावित भएका सडकहरु

तपाइको प्रतिक्रिया
रास्वपा सांसद प्रसाईंको प्रश्नः विषम परिस्थितिमा सरकार कि गैरजिम्मेवार ?
मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण
सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
यूएनडीपीको गाडीको ठक्करमा रास्वपा सांसदको गाडी
मोरङमा धानखेतको आली हुँदै नेपाल भित्राउँदै गर्दा सात हजार चल्ला बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×