कोशीसहित प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार ११:०६

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ। महाशाखाले आज (मंगलबार) जारी गरेको बुलेटिनअनुसार भदौ ३० देखि असोज १ गतेसम्म कोशी, नारायणी र महाकाली नदी तथा तिनका मुख्य सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने सम्भावना छ ।

कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी तथा तिनका सहायक नदीमा भने जलसतह सामान्य बढ्ने अनुमान गरिएको छ ।

Advertisement

महाशाखाका अनुसार मंगलबार बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ ।

मंगलबार ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ र बाजुरा तथा आसपासका जिल्लाबाट बहने ससाना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

भदौ ३१ गते सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशका केही ससाना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने तथा असोज १ गते कोशी र मधेस प्रदेशका केही ससाना नदीमा पनि आकस्मिक बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद प्रसाईंको प्रश्नः विषम परिस्थितिमा सरकार कि गैरजिम्मेवार ?
मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण
सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
यूएनडीपीको गाडीको ठक्करमा रास्वपा सांसदको गाडी
मोरङमा धानखेतको आली हुँदै नेपाल भित्राउँदै गर्दा सात हजार चल्ला बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×