अस्पतालको आईसीयूभित्र अन्तर्वार्ता लिएकोबारे संसदमा प्रश्न

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार १५:२९
अस्पतालको आईसीयूभित्र अन्तर्वार्ता लिएकोबारे संसदमा प्रश्न

काठमाडौं । अस्पतालको अति संवेदनशील मानिने सघन उपचार कक्ष (आईसीयू) भित्र छिरेर बिरामीको अन्तर्वार्ता लिइएको विषयलाई लिएर संसदमा गम्भीर आपत्ति जनाइएको छ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले आईसीयूभित्र अन्तर्वार्ता लिइएको घटनाप्रति ध्यानाकर्षण गराउँदै बिरामीको स्वास्थ्य, गोपनीयता र सङ्क्रमण नियन्त्रणको विषयमा प्रश्न उठाएकी हुन् ।

संसदमा बोल्दै सांसद बास्कोटाले आईसीयू अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थाका बिरामीहरूको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएको स्मरण गराइन् । यस्तो कक्षमा बिरामीको स्वास्थ्य सुरक्षा, गोपनीयता र सङ्क्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा त्यसको विपरीत कार्य भएको उनको भनाइ थियो ।

Advertisement

उनले भनिन्,’आईसीयूमा अन्तर्वार्ता लिने दुई बिरामी हुनुहुन्थ्यो कि अन्य बिरामी पनि हुनुहुन्थ्यो ? अन्य बिरामी पनि हुनुहुन्थ्यो भने उहाँहरूको जीवन पनि जोखिममा राख्न मिल्छ कि मिल्दैन ?’ संवेदनशील कक्षमा अन्तर्वार्ता लिन स्वीकृति दिने अस्पताल प्रशासन र चिकित्सकहरूको गम्भीरतामाथि पनि उनले प्रश्न उठाइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×