कांग्रेसको १५औँ महाधिवेशनमा ६ हजार ५२८ प्रतिनिधि सहभागी हुने

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १७:१८

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ६ हजार ५२८ जना प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशन तयारीबारे आज (बुधबार) पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

निर्वाचन समिति सदस्यसचिव राजु कटुवालका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । देशभरका १६५ निर्वाचन क्षेत्रबाट ५ हजार ४४५ जना प्रतिनिधि रहनेछन् ।

Advertisement

त्यसैगरी, प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले ३३० जना प्रदेशसभा सभापति महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनेछन् । ७५३ स्थानीय तहका सभापति पनि महाधिवेशन प्रतिनिधि रहनेछन् । यी सबै जोड्दा महाधिवेशन प्रतिनिधिको संख्या ६ हजार ५२८ पुग्ने कटुवालले बताए ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गतेदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशनको तयारीस्वरूप वडा तहको अधिवेशन असोज ३ गतेदेखि सुरु हुनेछ ।

कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७४३ जना प्रतिनिधि सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
विराट टिचिङ हस्पिटलमा राष्ट्रिय स्वास्थ्य शिक्षा सम्मेलन हुँदै 
विराट टिचिङ हस्पिटलमा राष्ट्रिय स्वास्थ्य शिक्षा सम्मेलन हुँदै 
 जेनजी आन्दोलनका घाइते बिर्तामोडमा आमरण अनशनमा
 जेनजी आन्दोलनका घाइते बिर्तामोडमा आमरण अनशनमा
कबाडीमा ठूलो खेल : अर्बौंको कारोबार, हराउँदै भ्याट
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीनवटा कक्षा, सुविधा भने शून्य 
सुरुङभित्र उद्धार अभियान तीव्र, १० शव भेटिँदा ३ जनाको जीवितै उद्धार
आमालाई ६ महिना प्रसूति र बुवालाई ४२ दिनसम्म स्याहार बिदा दिने तयारी
मन्त्रिपरिषद्का ६ निर्णयः डिजिटल शासनदेखि सचिव बढुवासम्म
अख्तियारका कर्मचारीद्वारा बाढीपीडितका लागि ६१ लाख
कांग्रेसको १५औँ महाधिवेशनमा ६ हजार ५२८ प्रतिनिधि सहभागी हुने
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा विधेयक प्रमाणीकरण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×