लायन्स क्लब अफ विराटनगर सोसियलद्वारा व्हिल चियर वितरण 

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार १३:३६
लायन्स क्लब अफ विराटनगर सोसियलद्वारा व्हिल चियर वितरण 

विराटनगर । सामाजिक क्षेत्रमा सेवा प्रदान गर्दै आएको लायन्स क्लब अफ विराटनगर सोसियलले लागुऔषधविरुद्ध सचेतना र अशक्तहरूलाई व्हिल चियरको कार्यक्रम सम्पन्न गरेको छ । 

लायन्स क्लब अफ विराटनगर सोसियलका अध्यक्ष देवकीनन्दन अग्रवालले समाजका विभिन्न क्षेत्रमा सामाजिक सेवा प्रदान गर्दै आएको बताए । उनले लायन्स क्लब अफ विराटनगर सोसियलले विभिन्न सामाजिक काम गर्दै आएको बताए । त्यसै क्रममा विद्यालयमा लागुऔषधविरुद्ध सचेतना जगाउने र अशक्तलाई व्हिल चियर प्रदान गरेको उनले बताए । 

Advertisement

लायन्स क्लब अफ विराटनगर सोसियलले विराटनगर महानगरपालिका–२ स्थित जनता नमुना माविमा सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीको सहकार्यमा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम गरेको सोसियलका सचिव प्रकाश शर्माले जानकारी दिए । उनले विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई सहभागी गराई लागुऔषध दुर्व्यसनविरुद्धको सचेतना कार्यक्रम गरेको बताए । 

त्यस्तै, लायन्स क्लब अफ विराटनगर सोसियलले शारीरिक रूपमा अशक्त भएका सुनबर्षी नगरपालिकाका २ जना व्यक्तिलाई व्हिल चियर प्रदान गरेको सचिव शर्माले बताए । सनबर्षी नगरपालिका–२ अमरदहका हरिलाल ऋषिदेव र ५ नम्बर वडा झुंगीटोलका मानिकचन्द ऋषिदेवलाई व्हिल चियर प्रदान गरिएको छ । 
सो अवसरमा कोशी प्रदेशका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, लायन्स क्लबका पदाधिकारी लिला ढुंगेल, रमेश खत्री, रैवतबहादुर काकी, चन्द्र अधिकारी र सुवास रिजाल, क्लबका अध्यक्ष देवकीनन्दन अग्रवाललगायतको उपस्थिति रहेको थियो । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×