मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १७:२९

विराटनगर । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल (भरतमणि दाहाल)लाई मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरी काठमाडौं पठाइएको छ ।

दाङको साविक नारायणपुर गाविस घर भएका ६५ वर्षीय दाहाललाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि आइतबार पक्राउ गरेर काठमाडौं पठाइएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार काठमाडौं जिल्ला अदालतबाट असोज २ गते पक्राउ पुर्जी जारी भएसँगै साइबर ब्युरोको आग्रहमा दाहाललाई सुन्दरहरैँचाबाट नियन्त्रणमा लिइएको हो ।

Advertisement

प्रहरीले पक्राउ गरेपछि आइतबार साँझ ५ः१० बजेतिर बुद्ध एयरको विमानमार्फत विराटनगर विमानस्थल हुँदै उनलाई काठमाडौं पठाएको हो । एसपी कटवालका अनुसार दाहालविरुद्ध मोरङमा भने कुनै उजुरी परेको छैन । काठमाडौंमा साइबर ब्युरोले उनीमाथि आवश्यक अनुसन्धान गर्नेछ ।

दाहाल राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन असोज २ गते पूर्व आएका थिए । शनिबारको कार्यक्रम सकेर आइतबार काठमाडौं फर्किने तयारीमा रहेका उनलाई सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित चिया पसलबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार दाहालमाथि अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ले नेपालमा भएको जेनजी आन्दोलनका बारेमा सार्वजनिक गरेको रिपोर्ट सामाजिक सञ्जालमार्फत फैलाएको विषयमा अनुसन्धान अघि बढाउने तयारी छ । दाहालले सेप्टेम्बर १२ अर्थात् भदौ २७ गते ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षक राखेर ग्रे जोनको रिपोर्ट सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

उक्त रिपोर्टमा नेपालका केही नयाँ राजनीतिक नेतृत्व, अभियन्ता तथा प्रमुख व्यक्तित्वसँग अमेरिकी सहयोगमा सञ्चालित विभिन्न संस्था तथा परियोजनाको सम्बन्ध रहेको दाबी गरिएको थियो । रिपोर्टमा केही चर्चित तथा नयाँ राजनीतिक व्यक्ति र आन्दोलनका अगुवाको नाम नागरिक नेतृत्व तथा क्षमता विकाससम्बन्धी कार्यक्रमसँग जोडिएको विवरणसमेत उल्लेख गरिएको थियो ।

दाहालले उक्त सामग्री सेयर गर्नुअघि पनि सरकार तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सामाजिक सञ्जालमार्फत निरन्तर टिप्पणी गर्दै आएका थिए । पछिल्लो समय उनले विशेषगरी बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारका विषयमा आलोचनात्मक धारणा सार्वजनिक गर्दै आएका थिए ।

साइबर ब्युरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीका अनुसार सामाजिक सञ्जालमा भ्रम एवं अतिरञ्जनापूर्ण प्रस्तुति गरिएको विषयमा दाहालमाथि अनुसन्धान अघि बढाइने छ ।

यता दाहालका सहकर्मी तथा उनीसम्बद्ध पक्षले भने पक्राउलाई राजनीतिक विचार र सत्ता तथा शासन व्यवस्थामाथि प्रश्न उठाउँदै आएको आवाजमाथिको धरपकडका रूपमा व्याख्या गरेका छन् । उनीहरूले पछिल्लो राजनीतिक घटनाक्रमपछि राज्य संयन्त्रको दुरुपयोग भइरहेको आरोप लगाउँदै राजनीतिक विचार व्यक्त गर्ने नागरिकमाथि दमन गरिएको दाबी गरेका छन् ।

प्रहरीले भने दाहाललाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको जनाएको छ । अब काठमाडौंमा साइबर ब्युरोले उनीमाथिको अनुसन्धान अघि बढाउनेछ ।

विश्लेषक भरत दाहाल सुन्दरहरैँचाबाट पक्राउ, काठमाडौं पठाइँदै

तपाइको प्रतिक्रिया
हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु
महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
धरानको विजयपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अध्ययन अघि बढाउन माग
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
वैदेशिक रोजगारीमा जानेमा कोशीका तीन जिल्ला अग्रस्थानमा
मधेस प्रदेशमा आत्महत्याका घटना बढे
मधेश प्रदेशमा आत्महत्याका घटना बढे
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×