महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन

Share this
634shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १८:४५

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागितालाई प्रभावकारी बनाउन सरकारलाई विभिन्न विषयमा केन्द्रित भएर तयारी गर्न निर्देशन दिएको छ ।

रास्वपाको आइतबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र परराष्ट्रमन्त्री शिशिर खनालसहित महासभामा सहभागी हुने टोलीलाई यस्तो नीतिगत निर्देशन दिएको हो । बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता जगदीश खरेलले महासभामा नेपालको सहभागितासम्बन्धी विषयलाई सात निर्णयमध्ये दोस्रो बुँदामा समेटिएको जानकारी दिएका छन् ।

Advertisement

रास्वपाले महासभामा नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक विषयलाई प्राथमिकताका साथ उठाउन सरकारलाई भनेको छ । त्यस्तै, बदलिँदो राजनीतिक परिस्थिति, नेपालको समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्वमञ्चमा नेपालको भूमिकाका बारेमा पनि सम्बोधन केन्द्रित गर्न निर्देशन दिइएको छ ।

रास्वपाले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई यी विषय समेटेर महासभाका लागि आवश्यक तयारी गर्न आग्रह गरेको हो ।

तपाइको प्रतिक्रिया
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
भरत दाहाल पक्राउ प्रकरण : कोशीका पूर्वमन्त्रीको अश्लील स्टाटस
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन, मोरङ–६ सहित केहीमा बाँकी
हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु
महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×