
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय गरेको हो । यस्तै, बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन पनि गरेको छ ।
उपाध्यक्ष एवम् कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई एकीकृत गरी अनुमोदन गरिएको हो ।
बैठकले सोमबारदेखि बस्ने केन्द्रीय कमिटी बैठकका लागि सबै एजेन्डा पनि तय गरेको छ ।

























