
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्माले आज (सोमबार) भेट गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहसँग विभिन्न विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफल तथा परामर्शका लागि प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी पदाधिकारीलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ।



















