एमाले बैठकमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न, पुनर्गठन कार्यदलको प्रतिवेदन माग

Share this
630shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १३:५१

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पार्टीको आन्तरिक कार्यशैली, निर्णय प्रक्रिया र संगठन सञ्चालन पद्धतिमाथि प्रश्न उठ्न थालेको छ । ललितपुरको रामबाघ महलमा जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन बैठकमा पेस गरी त्यसैका आधारमा छलफल अघि बढाउन माग गरेका छन् ।

बैठकमा अग्नी खरेल, आनन्द पोखरेल, कर्ण थापा, किरण गुरुङ, अफिलाल उखेडा, उर्मिला सुनुवार, एकलाल श्रेष्ठ र आरसी लामिछानेसहितका केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा धारणा राख्ने क्रममा नेताहरूले पार्टीभित्र संस्थागत निर्णय प्रक्रियाभन्दा व्यक्तिकेन्द्रित निर्णयको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताएका छन् ।

Advertisement

केन्द्रीय सदस्य अग्नी खरेलले विधान महाधिवेशनमा पर्याप्त छलफल हुन नसक्नु पार्टीको कमजोरी भएको बताएका छन् । जनभावनाअनुसार पार्टी अघि बढ्न नसकेको उल्लेख गर्दै उनले पार्टी पुनर्गठनको आवश्यकता औँल्याएका छन् ।

अन्य सदस्यहरूले पनि नेतृत्व तहबाट विधि र पद्धतिभन्दा व्यक्तिगत निर्णय हावी हुन थालेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले यस्ता प्रवृत्तिले पार्टी संगठन कमजोर बनाउँदै गएको र कार्यकर्ताको मनोबलमा समेत असर परेको बताए ।

बैठकमा पार्टीभित्र देखिएका अस्वस्थ आचरण र परम्परागत कार्यशैलीमा परिवर्तन आवश्यक रहेको विषय पनि उठेको छ । नेतृत्वको व्यवहार र कार्यशैलीमा सुधार गर्दै कार्यकर्ताको भावना तथा जनअपेक्षालाई पार्टीको निर्णय प्रक्रियासँग जोड्नुपर्नेमा नेताहरूले जोड दिएका छन् ।

विधान महाधिवेशनमा पर्याप्त रूपमा जनभावना र तल्लो तहका कार्यकर्ताका अपेक्षा समेट्न नसकिएको विषयलाई समेत नेताहरूले बैठकमा उठाएका छन् । उनीहरूले अब संगठनको संरचना, कार्यशैली र निर्णय प्रक्रियामा सुधार गर्दै समग्र पुनर्गठनतर्फ अघि बढ्नुपर्ने बताएका छन् ।

पार्टीभित्र विधि, पद्धति र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने आवाज बैठकमा उठिरहेको छ । पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि छलफल गरी त्यसका आधारमा आगामी रणनीति तय गर्नुपर्ने मागसमेत नेताहरूले गरेका छन् ।

केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । त्यसअघि पदाधिकारीका तर्फबाट विष्णु पौडेल र शंकर पोखरेलले मात्र बैठकमा आफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
सेयर बजार ७ अंकले बढ्यो
खाँदबारी–सभा खोला सडक दैनिक ९ घण्टा बन्द
खाँदबारी–सभा खोला सडक दैनिक ९ घण्टा बन्द
मोरङ उर्लाबारीका छत्रबहादुर : परदेशबाट फर्किने प्रतीक्षामा परिवार, तर बाकसमा आयो शव
भारी हिमपातले आरोहण प्रभावित
बाढी प्रभावित परिवार बसाउन २७७ कित्ता जग्गा पहिचान
 गाँजा खेतीलाई वैधानिकता दिने सरकारको तयारी
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्री
एमाले बैठकमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न, पुनर्गठन कार्यदलको प्रतिवेदन माग
भरत दाहालको रिटमा कारण देखाउ आदेश
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो
सहारा नेपालको निर्वाचनमा होमिएकी प्रमिला तिम्सिना, उत्कृष्ट बुहारीदेखि महिला सदस्यको उम्मेदवारसम्म
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×