नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घट्यो

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार १६:३०
नेप्सेमा १९ अंकको गिरावट 

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज (बुधबार) दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घटेर दुई हजार ६१८ दशमलव ०३ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अंकले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ। त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अंकले घटेर १८० दशमलव ३९ मा पुगेको छ।

Advertisement

सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव १९ अंकले घटेर १५७ दशमलव ८० मा पुगेको छ। विभिन्न कम्पनीका दुई करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर छ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैंयाँ मूल्यमा खरिद–बिक्री भएको छ। १३ वटै उपसमूहको सूचक घटेको छ।

आज २३ कम्पनीको सेयर बढ्यो भने २५३ कम्पनीको सेयर घट्यो। त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो। नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त संस्था र निफ्रा ग्रीन डिबेञ्चरलगायत लगानीकर्ताले कमाएका छन् भने फष्ट माइक्रो फाइनान्स लघुवित्त, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, कालिका लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन्।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको झोलुंगे पुल पुनर्निर्माणपछि सञ्चालनमा
भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्रीको आग्रह
भारी वर्षाको चेतावनीपछि विराटनगरमा विपद् व्यवस्थापनको तयारी
सम्मानजनक बिदाइ लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न ओलीलाई आग्रह
नेप्सेमा १९ अंकको गिरावट 
नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घट्यो
इलामको जंगलमा लुकाएर राखिएको ५५२ किलो फर्सीको बियाँ बरामद
परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा रोक्न नहुने सर्वोच्चको आदेश
प्रस्तावित कानुन आयोग विधेयकप्रति बारको आपत्ति, स्वायत्तता कमजोर हुने दाबी
इटहरीमा सीप तथा रोजगार मेला, ६५ स्टलबाट रोजगारीको अवसर
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×