इलामको जंगलमा लुकाएर राखिएको ५५२ किलो फर्सीको बियाँ बरामद

Share this
607shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार १६:२२

इलाम। इलामको सूर्योदय नगरपालिका–४ ठूलो मिर्बुङस्थित जंगलबाट प्रहरीले ५५२ किलोग्राम अवैध फर्सीको बियाँ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मंगलबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी फिक्कलबाट खटिएको संयुक्त प्रहरी टोलीले जंगलमा लुकाएर राखिएको अवस्थामा फर्सीको बियाँले भरिएका २० बोरा फेला पारेको हो।

Advertisement

बरामद बियाँ इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याएर तौल गर्दा ५५२ किलोग्राम रहेको प्रहरीले जनाएको छ। बरामद बियाँ आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पशुपतिनगरमा बुझाइएको छ।

जंगलमा फर्सीको बियाँ लुकाएर राख्ने व्यक्तिको पहिचान तथा खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

तपाइको प्रतिक्रिया
भारी वर्षाको चेतावनीपछि विराटनगरमा विपद् व्यवस्थापनको तयारी
सम्मानजनक बिदाइ लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न ओलीलाई आग्रह
नेप्सेमा १९ अंकको गिरावट 
नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घट्यो
इलामको जंगलमा लुकाएर राखिएको ५५२ किलो फर्सीको बियाँ बरामद
परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा रोक्न नहुने सर्वोच्चको आदेश
प्रस्तावित कानुन आयोग विधेयकप्रति बारको आपत्ति, स्वायत्तता कमजोर हुने दाबी
इटहरीमा सीप तथा रोजगार मेला, ६५ स्टलबाट रोजगारीको अवसर
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न आग्रह
जलवायु संकटको जोखिम नेपालको विपद्ले पुष्टि गरेको छः राष्ट्रसंघ महासचिव गुटरेस
सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×