
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा ३३ जना मनोनीत भएका छन्। पार्टी विधानमा १० प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्थाअनुसार अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा केन्द्रीय कमिटीले ३३ जनालाई मनोनीत गरेको हो।
मनोनीत हुनेमा काशीनाथ अधिकारी, देवराज घिमिरे, विमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम दङ्गाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई र शान्तिलाल महत छन्।
त्यस्तै, नन्दलाल देवकोटा, पाल्तेन शेर्पा जी. गुरुङ, विनोद पाण्डे, पुष्प श्रेष्ठ, जानुका सिम्खडा, कौशला खत्री, महमुद इस्तियाक राई, प्रमोद यादव र डा. अब्दुल हुसेन पनि केन्द्रीय कमिटीमा मनोनीत भएका छन्।
भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज विष्ट, अर्जुन राई र धर्म गिरी पनि मनोनीत भएका छन्।
त्यस्तै, जी. गुरुङ, डीबी कार्की, रामप्रित पासवान, विनोद पहाडी, दीपक खम्बु र सुरेन्द्र उदासलाई पनि केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरिएको छ।



















