विपद् प्रतिकार्यका लागि कोशीमा पूर्वतयारी बढाइँदै

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार १९:४५
विपद् प्रतिकार्यका लागि कोशीमा पूर्वतयारी बढाइँदै

विराटनगर । सम्भावित विपद्लाई मध्यनजर गर्दै कोशी प्रदेशमा पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक स्रोत, साधन, जनशक्ति र उपकरण तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाको अध्यक्षतामा बसेको बैठकले विपद्का समयमा उच्च सतर्कता अपनाउँदै तत्काल उद्धार तथा राहतका काम सञ्चालन गर्न आवश्यक व्यवस्थापन प्रभावकारी बनाउने निर्णय गरेको हो ।

Advertisement

बैठकमा प्रदेशका सबै मन्त्रालयका सचिव तथा चारवटै सुरक्षा निकायका प्रमुख सहभागी थिए । बैठकले सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायलाई विपद्का समयमा तत्काल उद्धार तथा राहतका लागि तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

सम्भावित विपद्का सम्बन्धमा आवश्यकताअनुसार पूर्वसूचना जारी गर्न प्रदेशस्थित सबै सुरक्षा निकायलाई निर्देशन दिने निर्णयसमेत भएको छ ।

त्यस्तै, प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रदेश कार्ययोजना, २०८३’ मा उल्लेखित जोखिमयुक्त बस्ती तथा घर स्थानान्तरणसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, स्थानीय तह र सुरक्षा निकायलाई पत्राचार गरिने भएको छ ।

यसैगरी, जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, स्थानीय तह तथा सुरक्षा निकायबाट माग भई आएमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेका विपद् प्रतिकार्य सामग्री आवश्यकताअनुसार सम्बन्धित निकायलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×