कृष्णभीरमा फेरि पहिरो, सडक अवरुद्ध

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार ०६:२२

काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाका कारण कृष्णभीरमा फेरि पहिरो खसेको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडकमाथिबाट ठूला ढुंगा र चट्टानसहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।

Advertisement

यसअघि गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता कटान गर्दा कृष्णभीरमा भीषण पहिरो गएको थियो । पहिरो गएको स्थानभन्दा माथि २७० मिटर नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि गत असोज १ गतेदेखि मात्रै सडकमा दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । तर, फेरि पहिरो खसेपछि सडक पुनः अवरुद्ध बन्न पुगेको छ ।

नागढुंगा–मुग्लिङ सडक खण्डमा पर्ने कृष्णभीर वर्षायाममा बारम्बार पहिरोको जोखिममा पर्ने गरेको छ, जसका कारण यस सडक मार्गबाट आवागमन गर्ने यात्रु र सवारी चालकहरूलाई नियमित रूपमा सास्ती खेप्नुपरेको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×