महिला कबड्डीमा नेपाललाई कांस्य पदक

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार १३:२२

काठमाडौं । जापानको इची–नागोयामा जारी २० औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला कबड्डीतर्फ कांस्य पदक जितेको छ।

तोकाइ सिटिजन व्यायामशालामा शुक्रबार भएको सेमिफाइनलमा भारतसँग ४८–२४ अंकले पराजित भएपछि नेपालले कांस्य पदकमा चित्त बुझाएको हो ।

Advertisement

भारतले पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा १७–७ अंकको अग्रता कायम गर्दै खेल ४८–२४ ले आफ्नो पक्षमा पारेको थियो ।

यसअघि सन् २०२३ मा चीनको हाङजाउमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा पनि नेपाल भारतसँगै सेमिफाइनलमा पराजित भएको थियो ।

नेपालले यस प्रतियोगिताको समूह चरणमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो ।

२० औँ एसियाली खेलकुदमा नेपालको यो दोस्रो पदक हो । यसअघि कराँतेतर्फ पुरुष कुमिते ८४ केजी तौल समूहमा तेन्जिङ शेर्पाले कांस्य पदक जितेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×