नेपालको एसियाडमा विजयी सुरुवात, अफगानिस्तानलाई ५ विकेटले पराजित

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज ९, शुक्रबार १४:२८
नेपालको एसियाडमा विजयी सुरुवात, अफगानिस्तानलाई ५ विकेटले पराजित

काठमाडौं । एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमै जित हासिल गरेको छ । शुक्रबार जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले टेस्ट खेल्ने मुलुक अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।

समूह ‘ए’ मा रहेको नेपालले यस जितसँगै प्रतियोगितामा २ अंक बटुलेको छ । यसअघि सोही समूहमा रहेको अफगानिस्तानले आयोजक जापानलाई हराई २ अंक हासिल गरिसकेको थियो ।

पहिले ब्याटिङ गर्दै अफगानिस्तानले नेपाल समक्ष १०३ रनको लक्ष्य राखेको थियो । जवाफमा दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा खेलेको नेपाली टोलीले उक्त लक्ष्य ५ विकेट गुमाई १६ बल बाँकी हुँदै हासिल गर्‍यो ।

यो जितसँगै नेपालले समूह ‘ए’ मा आफ्नो स्थिति बलियो बनाएको छ, जहाँ नेपाल, अफगानिस्तान र जापान गरी तीनवटा मात्र टोली छन् । जसमध्ये माथिल्लो स्थानमा रहने टोली अर्को चरणमा प्रवेश गर्नेछ ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.