स्काउटसम्बन्धी विधेयकमा सरकारले माग्यो राय-सुझाव

Share this
612shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार १६:३०

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि राय–सुझाव उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेको छ। नेपाल स्काउट विश्व स्काउटका सदस्य रहेकाले विश्व स्काउटका सिद्धान्त तथा मूल्य मान्यतासँग नेपालको मौलिक परम्परा र प्रचलित कानुनलाई समायोजन गर्दै नेपाल स्काउटमार्फत बालबालिका तथा युवालाई विश्व स्काउटका सिद्धान्त र मान्यताअनुरूपको अभियानमा सहभागी गराउन विधेयक आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

बालबालिका तथा युवालाई शारीरिक र नैतिक रूपमा विकास गरी अनुशासित, जिम्मेवार र सेवा भावनाले अभिप्रेरित गराउँदै देश विकासका कार्यमा सहभागी गराउन नेपाल स्काउटलाई अझ सक्षम र सङ्गठित बनाउन आवश्यक भएकाले कानुन संशोधन तथा एकीकरण गर्नुपर्ने मन्त्रालयको भनाइ छ।

Advertisement

नेपालको संविधानले संघीय शासन प्रणाली अवलम्बन गरेअनुसार नेपाल स्काउटलाई पनि संघीय ढाँचामा रूपान्तरण गरी संघ, प्रदेश र स्थानीय तहमा यसको सञ्चालन तथा व्यवस्थापनमा स्पष्टता कायम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। संविधानको भाग ६, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत धारा ५१ का नीतिसँग सम्बन्धित विषयलाई ध्यानमा राखी नेपाल स्काउटसम्बन्धी ऐन तर्जुमा गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

प्रस्तावित विधेयकले नेपाल स्काउटको सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित गर्नुका साथै अन्तर्राष्ट्रिय दायित्व समेत पूरा गर्न सहयोग पुग्नेछ। विधायन ऐन, २०८१ को दफा (६) को (२) बमोजिम विधेयकलाई थप प्रभावकारी बनाउन आवश्यक राय, सुझाव तथा पृष्ठपोषण उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेको जनाइएको छ।

मन्त्रालयले यही असोज ८ गते सार्वजनिक गरेको सूचनामा विधेयकको उद्देश्य, आवश्यकता तथा त्यसबाट पर्ने प्रभावका सम्बन्धमा १५ दिनभित्र सुझाव दिन सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई अनुरोध गरिएको छ।

तपाइको प्रतिक्रिया
बाढी–पहिरोमा परी चार दिनमा १५ जनाको मृत्यु
मानवअधिकार आयोगको टोलीलाई जबरासँग भेट्न नदिएको भन्दै आपत्ति
महाकाली नदीमा बाढी उर्लिएपछि आवागमन प्रभावित
स्काउटसम्बन्धी विधेयकमा सरकारले माग्यो राय-सुझाव
 
पूर्वप्रधानन्यायाधीश जबरालाई निवासमै सुरक्षाः प्रहरी
बाढीपहिरोले व्यापक क्षति : कम्तीमा ११ जनाको मृत्यु, पाँच जना बेपत्ता
अवरुद्ध नारायणगढ मुग्लिन सडक पहिरो हटाएपछि सञ्चालनमा
मानव बेचबिखनसम्बन्धी विधेयकमा सांसदहरूको व्यापक चासो, १११ संशोधन प्रस्ताव
इलामका मुकेश गुरुङ यामल म्युजिक अवार्डमा उत्कृष्ट पाँचमा
प्रहरी नियन्त्रणमा रहेका जबरा परिवारको जिम्मामा, ‘सुरक्षा थ्रेट’को कारण अझै अस्पष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×