पूर्वप्रधानन्यायाधीश जबरालाई धम्की दिने व्यक्ति सार्वजनिक गर्न संसदमा माग

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार १३:१२

काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउप्रति आपत्ति जनाउँदै उनलाई धम्की दिने जेनजी समूहका व्यक्तिहरूलाई सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा बोल्दै महरले जबरालाई मध्यरातमा पक्राउ गर्नु कानुनी शासन र लोकतान्त्रिक मूल्य विपरीत भएको बताए। उनले बिना कसुर र अभियोग पक्राउ गरिएको दाबी गर्दै सरकारको कदमलाई ‘राज्य आतंकको बर्बर नमुना’ को संज्ञा दिए।

Advertisement

जबरालाई धम्की दिनेहरूमाथि कारबाही नगरी उनलाई नै पक्राउ गरिएको भन्दै महरले सरकारको आलोचना गरे। उनले सरकार आफ्ना विरोधीहरूमाथि प्रतिशोधपूर्ण ढंगले प्रस्तुत भएको आरोप समेत लगाए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×