दुर्गा प्रसाईं फेरि पक्राउ

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार १३:१४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडामाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले सोमबार प्रसाईलाई भक्तपुरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।

प्रसाईंले सांसद खतिवडाका दिवंग्त छोरा रसिक खतिवडाको निधनसँग जोडेर विवादास्पद तथा आपत्तिजनक टिप्पणी गरेका थिए । उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले संसद् बैठकमै कडा आपत्ति जनाएकी थिइन् । घटना लगत्तै खतिवडाको परिवारका तर्फबाट प्रसाईंविरुद्ध साइबर ब्युरोमा किटानी उजुरी परेको थियो ।

Advertisement

जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएर प्रसाईंलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार प्रसाईंमाथि विद्युतीय अपराध ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रसाईंका छोरा निराजन प्रसाईंले पनि प्रहरीले पक्राउ पुर्जी देखाएर बुबालाई निवासबाटै नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएका प्रसाईंलाई विद्युतीय अपराधसम्बन्धी विषयमा थप अनुसन्धानका लागि ब्युरोको कार्यालय लगिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×