जबरालाई पक्राउ गर्ने एसएसपी खड्कालाई मानव अधिकार आयोगले बोलायो

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार १६:२८

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा उपस्थित हुन भनिएको हो ।

Advertisement

‘आइतबार पूर्वप्रधानन्यायाधीश पक्राउ परेको र त्यसपछि आयोगको टोलीले अनुगमन गर्न नपाएको विषयमा छलफलका लागि उहाँलाई बोलाइएको हो,’ उनले भने ।

जबरालाई पक्राउ गरेपछि आयोगको टोली अनुगमनका लागि आइतबार टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको थियो । तर, प्रहरीले करिब एक घण्टा गेटमै कुराएर आयोगको टोलीलाई भित्र प्रवेश नदिई फर्काएको थियो । घटनाप्रति आयोगले आइतबार नै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×