
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालन भइरहेको छ।
सडक भासिएपछि सवारी आवागमन प्रभावित भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन र लेन अनुशासन पालना गर्न सडक डिभिजन भरतपुरले आग्रह गरेको छ।
सडक डिभिजन भरतपुरका अनुसार सोमबार साँझ ७:१५ बजेसम्म उक्त स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। सडक भासिएको क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले चालकलाई गति नियन्त्रण गरी सावधानीपूर्वक सवारी चलाउन आग्रह गरिएको छ।
सडक डिभिजनले यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नसमेत अनुरोध गरेको छ।

























