
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (मंगलबार) बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने जनाइएको छ । बैठकका एजेण्डाबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

























