११०२ किलो गाँजासहित बोलेरो र मोटरसाइकल नियन्त्रणमा

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार ०९:१३

सिराहा । सशस्त्र प्रहरी बलले सिराहामा ११ सय किलोभन्दा बढी गाँजासहित बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ । सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक–गागन खोलापुलबाट बुधबार राति करिब १ बजे गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा वेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार २६ वटा बोरामा प्याक गरिएको १ हजार १०२.६५५ किलो गाँजा बरामद भएको छ । प्रहरी टोलीलाई देखेपछि चालकहरू गाडी र मोटरसाइकल छाडेर फरार भएका छन् ।

बरामद गाँजा, बोलेरो र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×