नेप्से परिसूचक १६ दशमलव ४७ अंकले घट्यो

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार १६:३८

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) १६ दशमलव ४७ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक दुई हजार ६१३ दशमलव ३३ अंकमा झरेको छ । यो शून्य दशमलव ६२ प्रतिशतको गिरावट हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि एक दशमलव ३४ अंकले घटेर ४६७ दशमलव ६७ मा कायम भएको छ । यस्तै, फ्लोट परिसूचक एक दशमलव ११ अंकले घटेर १८० दशमलव शून्य सात तथा सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ४८ अंकले घटेर १५७ दशमलव ८८ मा पुगेको छ ।

Advertisement

आज विभिन्न कम्पनीका एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर पाँच अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये व्यापार उपसमूहको सूचक शून्य दशमलव २३ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहको सूचक घटेको छ । आज ४९ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको घटेको छ भने छ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर र प्राइम बैंक डिबेञ्चरलगायतका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डलगायतका लगानीकर्ताले गुमाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×