करेन्ट लागेर भारतीय कामदारको मृत्यु

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार १३:२१

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ मा निर्माणाधीन खानेपानी ट्याङ्कीमा काम गर्ने क्रममा करेन्ट लागेर एक भारतीय कामदारको मृत्यु भएको छ।

राजकुमार चौहानको ठेक्कामा निर्माण भइरहेको खानेपानी ट्याङ्कीमा काम गर्ने भारतको गोरखपुर घर भएका करिब ४० वर्षीय बाबुराम राजपुतलाई काम गर्ने क्रममा करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो।

उपचारका क्रममा बिहीबार बिहान अस्पतालले राजपुतलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ। शव अस्पतालकै शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
प्रहरीको कार्यसम्पादनप्रति प्रधान कार्यालय असन्तुष्ट, सुरक्षा चुनौतीको गहन विश्लेषण गर्न निर्देशन
इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम
इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम
बर्जुमा अपांगता भएका व्यक्तिलाई वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी तालिम
बर्जुमा अपांगता भएका व्यक्तिलाई वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी तालिम
मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद, क्षेत्रीय सभापतिसहित वडा सभापति बहिष्कारमा
कांग्रेस महाधिवेशन उद्घाटन गर्न देउवालाई निमन्त्रणा
निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव
टिपरको ठक्करले एक जनाको मृत्यु
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रधानमन्त्री शाहको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टि
चाडपर्वमा यात्रु ठगिए प्रहरीको साथ, मोरङसहित कोशीका ४८ स्थानमा यात्रु सहायता कक्ष
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×