ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई केबलकारको ५ लाख सहयोग

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज १५, बिहीबार १३:५७

ताप्लेजुङ । पाथीभरा देवी दर्शन केबलकारले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

केबलकार प्रालिका प्रतिनिधिले दोभान बजारमै पुगेर आगलागी पीडितका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बताए।

कम्पनीले ताप्लेजुङमा विभिन्न सामाजिक तथा मानवीय कार्यमा समय–समयमा सहयोग गर्दै आएको जनाएको छ।

ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको दोभान बजारमा गत असोज ८ गते आगलागी भएको थियो। आगलागीबाट १० वटा घरमा क्षति पुगेको थियो। स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भएर आगलागी सुरु भएको बताइएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.