कांग्रेसको विराटनगर महानगर समिति सभापतिमा कार्की निर्वाचित

Share this
639shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार १६:०९
कांग्रेसको विराटनगर महानगर समिति सभापतिमा कार्की निर्वाचित

विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगर कार्यसमितिको सभापति पदमा कृष्णबहादुर कार्की भारी मतान्तरका साथ विजयी भएका छन् ।

निर्वाचन अधिकृत विकास थापाका अनुसार बुधबार सम्पन्न मतदानमा कुल ८९८ मतदातामध्ये ७९७ जनाले मतदान गरेका थिए । बिहीबार बिहानदेखि सुरु भएको मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले निकटतम प्रतिद्वन्द्वी केशव गिरीलाई ५२० मतान्तरले पराजित गरेका हुन् । विजयी कार्कीले ६४६ मत प्राप्त गर्दा गिरीले १२६ मत मात्र प्राप्त गरे ।

त्यस्तै, उपसभापति (महिलातर्फ) श्रुति शर्मा ४९५ मत प्राप्त गर्दै विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी कृष्णाकुमारी साहले २२९ मत प्राप्त गरिन् ।

जिल्ला कार्यसमिति सदस्यमा (महानगर महिलातर्फ २ जना) सावित्रा पोखरेल (४३२ मत) र उमा घिमिरे (३८१ मत) निर्वाचित भएका छन् । जिल्ला कार्यसमिति सदस्य (महानगर खुलातर्फ ३ जना) ज्ञानेश्वर नेपाल (२८८ मत), सुमन प्रसाईं (२०५ मत) र सुरेन्द्र भट्टराई ‘सुगल’ (२०४ मत) निर्वाचित भएका छन् ।

यसअघि उपसभापतिमा शुभाषिश कोइराला, सचिव वीरेन्द्रकुमार यादव र सहसचिव टीकाराम सापकोटा निर्विरोध निर्वाचित भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×